नबिल बैंकले काठमाडौंसहित २७ ठाउँको जग्गा बेच्दै


काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल बङ्गलादेश बैंकको स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो । बैंकले काठमाडौं, ललितपुर, बारा, कैलाली, मोरङ्ग, झापा, सुनसरी, भोजपुर, पर्सा, दार्चुला र बाँकेका विभिन्न २७ स्थानमा रहेको जग्गा बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिन अर्थात् जेठ १० गते भित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *