अखण्ड भारतको नक्साबारे कुरा राखेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले हालसालै जारी गरेको ‘अखण्डा भारत’को नक्साबारे आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा उठाएको बताएका छन् ।

सोमबारको जारी प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू भारतको नयाँ संसद भवनअघि नगएको पनि स्पष्ट पारे । नयाँ संसद् भवनअघि आफू र भारती प्रधानमन्त्री मोदीले हात हल्लाएर फोटो खिचाएको भन्ने शतप्रतिशत झुटो प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

उनले भने, ‘म त्यो नयाँ संसद् भवनअघि गएकै छैन । मोदी र म त्यहाँ पुगेकै छैन । देखेको पनि छैन । मैले त टीभीमा मात्रै देखेको हाे । त्यो नि नेपालमै देखेको हो । अनि त्यो नक्साअघि गएर मोदीजी र म गएर हात हल्लाए फोटो खिचिएको भनिएको सय प्रतिशत झुटा हो ।’

‘अखण्ड भारत’को नक्सा बारेमा आफूले कुरा उठाएको र उक्त नक्सा संस्कृतिका ऐतिहासिक विषय भएको भारतले तर्क गरेको उनले बताए । उनले भने, ‘यो विषयमा मैले कुरा गरें । उहाँहरुको आफ्नै तर्क छ सांस्कृतिक एतिहासिक हो भन्ने । यो बारेमा हामी छलफल गर्दै जान पनि सकिन्छ । कयौं राजनीतिक विषयमा छलफल भयो । विश्वासको वातावरण बन्दै गएपछि छलफल गछौं । मलाई अप्ठ्यारोमा पारेर कुचुक्क पार्दिएँ फाइदा हुन्छ भन्ने नठान्नुहोला ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *