युनाइटेड अजोडको सीईओमा रावल नियुक्त


काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले रावललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएसँगै उनी औपचारिक रुपमा कम्पनीको सीईओ पदमा नियुक्त भएका हुन् । साविकको युनाइटेड इन्स्योरेन्स र साविकको अजोड इन्स्योरेन्स मर्जपछि बनेको कम्पनीको सीईओ बन्न प्राधिकरणले उनलाई जेठ २३ गते मात्रै स्वीकृति दिएको हो ।

मर्जपछि बनेको कम्पनी सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरी स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । जुन हालै स्वीकृत भएको छ । यससँगै रावलले कम्पनीको सीईओको जिम्मेवार सम्हालेका छन् । यसअघि आईजीआई प्रुडेन्सियलको वरिष्ठ सीईओ रहेका रावल त्यसअघि साविकको प्रुडेन्सियल इन्स्योरेन्सको सीईओ थिए । नवनियुक्त सीईओ रावलले अबका दिनमा जिम्मेवारी ठूलो रहेको बताउँदै सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *