सेयर बजारमा उत्साह , साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४० अङ्कले बढ्दै

काठमाडौँ । सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०।४८ अङ्कले बढ्दै १९ सय ८०।०९ अङ्कको विन्दुमा उक्लिएको हो । यस्तै आज कारोबारमा समेत उच्चता आउँदै ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ६।१० अङ्कले बढ्दै ३७०।५२ अङ्कको विन्दुमा उक्लिएको छ । यसदिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी फाइनान्स समूह र इन्भेस्टमेन्ट समूहको उपसूचक क्रमशः ५।७२ प्रतिशत र ५।११ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४।६६ प्रतिशतले बढेको छ ।

यस्तै, ट्रेडिङ समूहको उपसूचक ३।८८ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ३।५३ प्रतिशतले बढेको छ । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को सेयर मूल्य ३।८३ प्रतिशतले घट्न पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *