सिटिजन्स बैंकले दियो अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सेनेटरी भेन्डिङ मेसिन वितरण
काठमाडौं । सिटिजन्स बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सेनेटरी भेन्डिङ मेसिन वितरण गरेको छ । बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको लागि दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ ।
बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उदेश्यले गैर नाफामूलक संस्थाकि संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई सो सामाग्री हस्तान्तरण गरको हो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउँदै सोही उदेश्यले सिटिजन्स बैंकले सहयोग प्रदान गारेकोमा धन्यवाद ज्ञापन गरे । बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।