जन्मदिनमा छोरीलाई हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । बारा जितपुर सिमरा घर भइ हाल भक्तपुर सुर्यविनायक बसोबास गर्दै आएका बुबा हरिप्रसाद अर्याल र उनको परिवारले छोरीको जन्म दिनमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनीहरूले आफ्नी तीन वर्षीया छोरी श्रीनिका अर्याललाई हिमालयन लाइफ इन्स्योरेन्सको बीमालेख उपहार दिएका हुन्। हिमालयन लाइफ इन्स्योरेन्सको शखंमुल शाखामा कार्यरत एजेन्सी म्यानेजर डोमा शेर्पाले उक्त बीमा गराएकी छन् । बीमितले कम्पनीको शंखमुल शाखा कार्यालयमा उपस्थित भएर बीमा गरेका छन् । शाखा प्रमुख हरि बस्नेतले बीमाको बिषयमा सम्पुर्ण जानकारी गरि भबिष्यको लागि बचत र सुरक्षाको साथै आफ्नो परिवार र छोरा छोरीको उज्ज्वल भविष्य निर्माण गर्न बीमा एकदमै आवश्यक बताए । बुबा हरिप्रसाद अर्यालले छोरी श्रिनिका अर्यालका लागि दश लाख रुपैयाँ बीमाङ्कको २० वर्षे जीवन बीमा योजना खरिद गरी उपहारस्वरुप दिएका छन् । उपहारले माया प्रकट गर्नेमात्र नभइ परिवारमा भविष्यप्रतिको जिम्मेवारीसमेत बोध हुने उनको भनाइ छ ।















