रिलायबल नेपाल लाइफको बीमा पोलिसी जन्मदिनमा छोरीलाई गिफ्ट
काठमाडौं । आलिताल गाउँपालिका वडा नम्बर ६ बस्ने एक दम्पतिले छोरी ऋतु बिकको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । बुवा रामबहादुर बिक र आमा कमली कुमारी कामीले आफ्नो छोरीको भविष्यको लागि र सुरक्षासँगै बचतको भन्दै बीमा गरेका उनीहरुले बताए । उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय अत्तरियाबाट लोकप्रिय बीमा पोलिसी सर्व शुलभ जीवन बीमा उपहार दिएका छन् । दम्पतिले आफ्नो छोरीको बीमा आमाबुवाको जिम्मेवारी बीमालाई हस्तान्तरण गरेको र आफू हुँदा वा नहुँदा दुवै कुरामा बच्चा सुरक्षित हुने तथा परिवारमा आर्थिक सुरक्षाको लागि बचतसँगै जोखिम हेरी पारिवारिक भविष्यका लागि भन्दै बीमा पोलिसि उपहार दिएका छन् । शाखा प्रमुख मोहन बहादुर बोहराले प्रशंसनीय प्रेरणादायी गरेकोमा दम्पतिलाई बधाइ तथा बाबुको जन्मदिनको शुभकामना तथा उज्जवल भविष्यको कामना दिँदै पोलिसी हस्तान्तरण गरेका छन् । उक्त पोलिसी अत्तरिया शाखाका कुशल एजेन्सी म्यानेजर स्थानीय शिक्षक धर्म सिंह ऐरको सहकार्यमा शाखा कार्यालयबाट जारी गरी हस्तान्तरण गरिएको छ।















