मन्जुश्री फाइनान्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाण्डौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ईटहरी शाखाबाट लक्ष्मी माध्यमिक विद्यालय, ईटहरी–०७ बज्रालाई करिब १ लाख ३० हजार रुपैयाँ बराबरका शैक्षिक तथा अन्य उपयोगी सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको छ। विद्यालयलाई प्रदान गरिएको सामग्रीमा २० थान पंखा, १३ थान डस्टबिन, १० थान बाल्टिन, ८ कार्टून स्यानिटरी प्याड, १ थान वाटर डिस्पेन्सर तथा १ थान रंगिन प्रिन्टर र स्क्यानर समावेश छन्।
प्राथमिकदेखि माध्यमिक तहसम्म अध्ययनरत करिब ३५० विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालयका लागि यी सामग्रीहरूले सिकाइ वातावरणलाई सहज र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। मन्जुश्री फाइनान्सले देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका आफ्ना शाखामार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रूपमा विद्यालय, समुदाय र संस्थाहरूसँग सहकार्य गर्दै सहयोग प्रदान गर्दै आएको छ। वर्तमानमा मन्जुश्री फाइनान्सले करिब १८.२ अर्ब रुपैयाँ बराबरको कर्जा सञ्चालन गर्दै आएको छ भने करिब २२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ। कम्पनीले ग्राहकलाई आकर्षक ब्याजदरमा निक्षेप सेवा तथा सुलभ र प्रभावकारी दरमा कर्जा सेवा प्रदान गर्दै आइरहेको छ।















