सिद्धार्थ बैंकका ग्राहकलाई ‘बबरमहल भिलास’ मा छुट

काठमाण्डौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई ‘बबरमहल भिलास’ काठमाडौंमा उपलब्ध विभिन्न सेवामा विशेष छुटको सुविधा दिने गरी सम्झौता गरेको छ । बैंक र बबरमहल भिलासबीच भएको सम्झौताअनुसार बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी फूड, बेभरेज तथा स्पा सेवाहरूको भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशतसम्म छुट पाउने छन् । बबरमहलस्थित बबरमहल भिलास राजधानीको एक प्रिमियम लाइफस्टाइल डेस्टिनेसका रूपमा चिनिन्छ, जहाँ स्तरीय र उच्चस्तरीय सेवाहरू उपलब्ध छन् ।

छुटको सुविधा उपलब्ध गराएर बैंकले नगद कारोबारबाट डिजिटल कारोबारतर्फ ग्राहकलाई आकर्षित गर्न खोजेको छ । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यसहित ग्राहकका लागि विभिन्न व्यावसायिक संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । बैंकले यो नयाँ सम्झौताले ग्राहकलाई सुविधाजनक र लाभदायक डिजिटल कारोबारको अनुभव दिने विश्वास व्यक्त गरेको छ । बैंकले ‘सिद्धार्थ केयर’ नामक २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्रमार्फत थप जानकारी लिन सकिने जानकारी दिएको छ । मोबाइल बैंकिङ, डेबिटरक्रेडिट कार्ड तथा स्क्यान टु पे जस्ता डिजिटल भुक्तानी माध्यमहरूको प्रयोगमार्फत छुट प्राप्त गर्न सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *