विश्वको सबैभन्दा गोलो पोखरी


गोलो पोखरी तपाईंले सायदै देख्नुभएको होला । फ्लोरिडाको सिल्भर डलर लेक भनिने किङ्ग्सले लेक यति गोलो छ कि झट्ट हेर्दा यसलाई विश्वास नै गर्न सकिँदैन । किङ्ग्सले लेक फ्लोरिडाको क्ले काउन्टीको निकै चर्चित समर डेस्टिनेसन हो । तर यहाँका निकै कम मानिसलाई यो पोखरी किन यति चर्चित भयो भनेर थाहा छ । यसको एउटा कारण यो हो कि यसको गोलो आकृति तपाईंले माथिबाट मात्रै देख्न सक्नुहुन्छ त्यसैले यसको सिल्भर लेक उपनाम पाइलटले दिएका हुन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने यो पोखरी मानव निर्मित होइन । यो प्राकृतिक रूपमा बनेको पोखरी हो । यो पोखरी ९० फिट गहिरो छ जसका कारण यो फ्लोरिडाको सबैभन्दा गहिरो ताल हो । ओन्ली इन योर स्टेटका अनुसार यो प्राकृतिक ताललाई फ्लोरिडाको सबैभन्दा र अग्लो तालसमेत भनिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *