नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच सम्झौता


काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइवर पार्टनरहरुलाई आधनिुक बैंकिङसहित विमा लगायतका सुविधाहरु प्रदान गर्ने सम्बन्धि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागी आधिकारीक बैंकमा रुपमा नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक रहनेछ ।

बैंकले कर्पारेट बेनिफिट सेभिङ अकाउन्ट योजना अन्तर्गतर्ग ड्राइभर पार्टनरहरु सहज भुक्तानीको सुविधा सहितको शुन्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा १५ हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा ३५ हजार सम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ । यो समझदारी अनुरुप बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तिय साक्षरता अभिवृद्धि, आधनिुक बैकिङ सुविधाको प्रयोगमा सरलता लगाएतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमखिु करण गर्दै जानेछ जसले गर्दा सम्पर्णु यातायात क्षेत्रमा नै वित्तिय साक्षरता तथा आधनिुक बैंकिङको उपयोगिता थप सहजता हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *