राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्र्दै अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्यअवस्था सामान्य रहेको जानकारी दिएको हो । जारी विज्ञप्तिमा राष्ट्रपति पौडेल अहिले चिकित्सकको निगरानीमा रहनुभएको जनाइएको छ ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई एक हप्ताअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *