नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड


काठमाडौं। नबिल बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ। एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लाटिनम अवार्ड जितेको हो। १० विधामा २ सय भन्दा बढी मनोनयन भएकोमा बैंक विजेताको रूपमा छनोटमा परेको थियो।

यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम सोचको उपज रहेको भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। यो अवार्डले अझै आफ्ना ग्राहक, कर्मचारी, लगानीकर्ता र वृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैंकिङ सेवा ल्याउनेमा थप ऊर्जा दिएको उनले बताए । एनबैंक, बैंकमा ग्राहकको उपस्थिति विनानै डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नेपालकै पहिलो मोबाइल बैंकिङ प्लाटफर्म हो।

ग्राहकहरूलाई कुनै पनि शाखामा भौतिक फारम नभरी वा कुनै शाखामा नगई एन बैंकको सहयोगमा सेवा लिन सक्ने बैंकले जनाएको छ। यो अवार्डसँगै नेपाली बैंकिङ क्षेत्रमा पुनः एक अगुवा साबित भएको बैंकको बुझाइ छ। अवार्ड प्राप्तिले थप सृजनशील डिजिटल सेवा दिने संकल्पलाई उत्साहित गरेको बैंकले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *