सामूहिक साकोसको बिस्तारित मञ्च कार्यक्रम


भक्तपुर । भक्तपुरको बोलाछेँमा आफ्नै भवनबाट केन्द्रीय कार्यालय तथा सूर्यविनायक र थिमिमा सदस्य सेवाकेन्द्रबाट सञ्चालन गरिरहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को बिस्तारित मञ्च कार्यक्रम भक्तपुरको तालाक्वस्थित भक्तपुर किचेनमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको प्रमुख आतिथ्यता र सचिव तथा सो बिस्तारित मञ्च कार्यक्रमका संयोजक कृष्णहरि सैंजुको अध्यक्षतामा सम्पन्न त्यस कार्यक्रममा उक्त संस्थाको २५औँ वार्षिक साधारणसभा, भावी नीति तथा कार्यक्रम र आ.व.२०८० ।०८१ को अनुमानित बजेट सम्बन्धमा छलफल भएको बताइएको छ । सो बिस्तारित मञ्च कार्यक्रममा त्यसै संस्थाका सञ्चालक समिति , लेखा सुपरीबेक्षण समिति र उप समितिहरुका पदाधिकारी र सदस्यहरु, संस्थापक , सल्लाहकार ,पूर्व अध्यक्षहरु र उच्च व्यवस्थापनका कर्मचारीहरु गरि ४५ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख अतिथि राजोपाध्यायले विभिन्न व्यवसायिक रुपमा सञ्चालित र संस्थाको उद्देश्य भन्दा बाहिर गएर लगानी गरेका केही संस्थाहरु समस्यामा परेका र त्यसको केही प्रभाव सामूहिकमा पनि परेको कारण बचत वृद्धिमा समस्या देखिएकोले अबका दिनमा बोनश ब्याक टु मेम्बरलाई मध्यनजर गरी ठोस रुपमा सहभागीहरुबाट सुझाव संकलनका लागि यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा विस्तारित मञ्च कार्यक्रमको मुख्य विषयवस्तु माथि प्रस्तुतीकरण गर्दै त्यसै कार्यक्रमका अध्यक्ष सैंजुले बर्तमान परिस्थितिमा भइरहेको आर्थिक मन्दी विश्वभर नै भइरहेको अवस्थामा सामूहिकलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पर्न सक्ने र यस्तो समयमा सेवा तथा उत्पादन, आत्मनिर्भर सेवाकेन्द्र निर्माण, नीतिगत बैठक सञ्चालन, तालिम, शिक्षा , सूचना , भाषा , कला र संस्कृति सम्बन्धमा महत्वपूर्ण विषय सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि अनुमानित बजेटमा कूल कारोवार रु.७९,३४,२३,४५६, सदस्य संख्या ७,९४१ जना, शेयर पूँजी रु.६,९४,७९,३००, निक्षेप संकलन रु.६०,२१,३३,०३२, ऋण लगानी रु.६१,५७,३६,४९५ र संस्थागत पूँजी रु.४,८७,१९,६९५ पु(याउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा त्यसै संस्थाका पूर्व अध्यक्षहरु श्यामप्रसाद मुनंकर्मी, राजेशबहादुर श्रेष्ठ र माधव ध्वँजु, सल्लाहकार विवेकमान कर्माचार्य लगायतले पनि आ आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठले नीति नियमहरु बनाउनु ठूलो कुरा होइन, भएका नीति नियमहरु कार्यान्वयन हुनु जरुरी रहेको र सबैमा म र मेरो संस्था भन्ने भावना कायम हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै प्रमुख अतिथि राजोपाध्यायले कार्यक्रममा आएका सल्लाह सुझावहरु निकै गहकिला रहेको र अझै पनि यस विषयमा गहन छलफलका लागि चाँडै अर्कौ बैठक बस्ने र आवश्यक नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन त्यसै संस्थाका सञ्चालक समिति सदस्य चन्द्रलाल भोमीले गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *