बैङकहरुले ब्याजमाथि ब्याज लिनु हुँदैन : अमरेश कुमार सिंह
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह बैङकहरुले ब्याजमाथि ब्याज लिन नहुने बताएका छन् । ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” माथिको छलफलमा आइतबार उनले यस्तो बताएका ह्ुन्् ।
स्वतन्त्र सांसद सिंहले ऐन परिवर्तन गर्दा देशको सामाजिक , आर्थिक ,राजनैतिक सबै पाटोलाई ध्यान दिनुपर्ने बताए । विद्येकमा ब्जाजमाथि ब्याज नलिन व्यावस्था भएपनि बैङकहरुले ब्याजमाथि ब्याज लिएर नागरिकलाई अफ्ठ्यारोमा पारेको बताउँदै यस्तो गर्ने बैङकहरुलाई कार्बाही गर्नुपर्ने उनले बताए ।
वर्तमान अर्थमन्त्ती र पूर्व अर्थमन्त्री समेत रहेको प्रतिनिधिसभामा सांसद सिंहले प्रश्न गरे – बैङकहरुले ब्याजमाथि ब्याज लिएको छ कि छैन ? त्यो ऐन बनाउँदा एउटा छाता ऐन बनाउनुपर्ने उनको भनाइ थियो । व्याज प्रवाह गर्नुभन्दा पहिला नै बैङकले ५ प्रतिशत लिने गरेको सेवा शुल्क उचित नभएको बताउँदै उनले भने,‘ यहाँ दुई थरिका संस्था छन् एक लाख दिएर १० लाख बनाउने र तिर्न नसकेपछि घर जग्गा जफत गरिदिने यस्तो गनै अर्थ क्षेत्रमा ठूलो समस्या पैदा भएको छ । अर्को एक लाखको एक लाख नै दिने र मिटरब्याजमा हालिदिने रणनीतिले उपभोक्ताहरुले समस्या भोग्दै आएकाले त्यस्ता गतिविधि गर्नेलाई सरकारले कानुनबमोजिमकोे कार्बाही गर्नुपर्नुपर्छ ।’
गरिबीको अवस्था सुधार्नका लागि बैङ्कहरुले गाँउगाँउमा पैसा दिनुपर्छ उनले भने । नेपालका सरकारी तथा नीजि बैङकहरुले धनीलाई मात्र ऋण दिएर गरिबलाई नदिने परम्पराले समानुपातिक तरिकाले बैङहरुले ऋण वितरण गर्न नसकेकाले आगामी दिनमा प्रत्येक बैङकले ऋण लिन चाहेका व्यक्तीहरुलाई आवश्यकता अनुसारको ऋण उपलब्ध गराउनुपर्ने सांसद सिंहको भनाइ छ ।