राष्ट्रिय सभाको बैठक चल्न नदिने एमालेको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बिहीबार) बस्ने राष्ट्रिय सभा बैठक चलन नदिने तयारी गरेको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आज दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक चल्न नदिने भएको हो । एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान लिएको छ । यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उनले बताए ।

एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ । संसदको अवरोध हटाउन प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक पटक छलफलमा जुटेपनि सहमती हुन नसकेपछि एमालेले संसदको अवरोध कायम नै राखेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *