सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तका लागि सिफारिस समिति गठन गर्ने

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। बिहिबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिसका लागि समिति गठन गरेर उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राडा लोचना श्रेष्ठलाई तोक्ने भएको उनको भनाइ छ ।

वर्तमान उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेकाले सरकारले नयाँ नियुक्तीका लागि पहल थालेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *