झापाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडपपछि आगलागी

बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ ।

कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको बुझिएको छ । झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ । झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी रहेको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ ।

अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *