‘ब्रेक शु’सँगै ल्याएको सुन गालेर सकियो, तौल सार्वजनिक गर्ने तयारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिदै गर्दा बरामद सुन गालेर सकिएको छ । सुन गालेर सकेसँगै तौल सार्वजनिक गर्ने तयारी गरेको छ ।
मंगलबार बिहान बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा सुन गाल्न सुरु गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सुन गालेको हो ।
‘ब्रेक शु’ भनेर विदेशबाट ल्याइएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो । सुरुमा एक क्विन्टल भनिएको सुन सोमबार तौत लिँदा ६० केजी ७८९ ग्राम मात्र रहेको टक्सार विभागले जनाएको छ ।