एमालेको आरोप- सरकारले सीआईबीलाई निकम्मा बनायो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललिता निवास जग्गा प्रकरणमा सरकारले सीआईबीलाई निकम्मा बनाएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवास प्रकरणमा सिआइबीको दुरुपयोग गरेको आरोप लगाएका हुन् । ‘भ्रष्टाचारका नाइकेहरूलाई अदालतले पक्रेर छानबिन गर भन्दा गर्दैन । अहिले संगठिन अपधारमा मुद्दा चलाएर ६० दिनसम्म थुनामा राखिन्छ । अहिले के मिलेमतो भयो ? के लेनदेन मिल्यो ? उनीहरूलाई संगठित अपराध होइन, किर्तेमा मुद्दा चलाउने काम भएको छ,’ उनले भने, ‘यदि किर्ते थियो भने किन ६० दिनसम्म थुनामा राख्नुपर्थ्यो ? किन अदालतले थुनामा राख्नुपर्यो ? लेनदेन होइन भने सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।’

उनले सुन तस्करीमा सत्तापक्षका देखेपछि त्यता आँखा लगाउन नसक्ने बताएको बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पठाउने प्रहरीहरूको छानिछानी सरुवा हुन्छ । तर, सुन तस्करीमा सत्ताको मान्छे पनि संलग्न भनेर बोल्दा सांसद सुनिल शर्मालाई बिनापूर्जी थुन्ने काम हुन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *