प्राइम बैंकका सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने


काठमाडौं । प्राइम कमर्सियल बैंकले बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क तथा अक्षरबाट परिवर्तन गरी २० अङ्कको कायम गरिने बैंकले बताएको छ । नयाँ खाताको कारोबार ग्राहकहरुसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने छ । साथै, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गराउने बैंकले जनाएको छ ।

साथै अन्य सबै निकायहरू जस्तैः स्टक ब्रोकर तथा डिम्याट खातमा ग्राहकहरु आफैंले नयाँ खाता नम्बर अद्यावधिक गराउनु पर्ने बैंकले जनाएको छ । साथै नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यस्तै, प्राइम बैंकको बैंकिङ्ग सेवा एक दिन बन्द हुने भएको छ । बैंकका अनुसार कोर बैंकिङ सिस्टम (सीबीएस) अद्यावधिक गर्नु पर्ने भएकाले एक दिन बैंकको सम्पूर्ण सेवा बन्द रहनेछ । भदौ २२ गते शुक्रवार राति १० बजेदेखि १२ बजेसम्म कोर बैंकिङ अद्यावधिक हुने भएकोले एटिएम, मोबाइल बैंकिङ लगायत सम्पूर्ण सेवाहरू बन्द हुने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *