क्यानको केन्द्रीय सचिवमा पारख खड्का विजयी

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) को सचिवमा पारस खड्का निर्वाचित भएका छन् । उनले ४८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाए । पारस राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन् ।

उनले २ वर्षअघि सन्यास लिएका थिए । उनी काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसलगत्तै उनी नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित भएका हुन् ।

क्यानको शनिबार सम्पन्न निर्वाचनले अध्यक्षमा चतुरबहादुर चन्द लगायत अधिकांश पदमा सर्वसम्मत निर्वाचित गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *