एमाले बागमती : मतदान भोलिलाई सर्यो

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सरेको छ ।

साथै सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी राख्ने नेता शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान भोलिलाई सरेको हो । भोलि विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको नेता शेरबहादुर तामाङले जानकारी दिए ।

प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *