एमाले गण्डकी प्रदेश अधिवेशनमा मतदान आज


काठमाडौं । नेकपा (एमाले)को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाका अनुसार आज मतदान हुने भएको बताईएको छ । मतदानका लागि हिजो उमेदवारी मनोनयन भएको थियो ।

अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ । वर्तमान प्रदेश अध्यक्षसमेत रहेका शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *