कोशी प्रदेश – सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको एमाले कोशी संसदीय दलको बैठकले कांग्रेसका शेखर कोइराला समूहबाट मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । तर सोमबार बसेको दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

त्यस्तै बैठकले आज बस्ने प्रदेशसभा बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *