आईएसएमटी कलेजले भूकम्प पीडितलाई ५ लाख दिने


काठमाडौं । काठमाडौंको गैरीगाउँमा रहेको आइएसएमटी कलेजले भूकम्प पीडितलाई नगद सहयोग उपलब्ध गराउने भएको छ । कलेजका अध्यक्ष योगेश उप्रेतीले एक विज्ञप्ति जारी गर्दै भूकम्प पीडित दुई जिल्लाका लागि ५ लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराउने निर्णय भएको बताए ।

कलेजको सामाजिक उत्तरदायित्व कोष माफर्त उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको कलेजको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *