आज नेपालि बजारमा सुनको मूल्य तोलामा १ लाख १६ हजार ७०० रुपैयाँ
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य दोस्रो दिनपनि बढेको छ । महासंघका अनुसार हिजो र आजगरी लगातार दोस्रो दिन सुनको मूल्य बढेको हो ।
आज बढेसगैँ छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ७०० रुपैयाँ कायम भएको छ । महासंघले सुनको मूल्यमा हिजो मंगलबार र आज बुधबार लगातार ५०० रुपैयाँका दरले बढेको जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । हिजो मंगलबार तोलामा १ लाख १६ हजार २०० रुपैयाँ थियो ।
साथै सुनको मूल्य बढेको दिन चाँदीको पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । हिजो मंगलबार समेत चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।