नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाए

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

कोइरालाले आगामी मंगलबार दिउँसो १ गतेका लागि आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार बैठक बस्ने स्थानबारे टुंगो लागिसकेको छैन । बैठकमा आफू आफू पक्षीउ केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रियसभा सांसद, प्रदेश सभापति लगायतलाई बोलाइएको थपलियाले रातोपाटीलाई बताए ।

आसन्न महामिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ । कांग्रेसले आगामी मंसिर १६–१९का लागि महासमिति बैठक तय गरेको छ । यस्तै आगामी माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *