अध्यागमन विभागका अधिकृत पक्राउ
काठमाडौं । अध्यागमन विभागका अधिकृत नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले नरवीर खड्कालाई पक्राउ गरेको छ । खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले भिजिट भिसामा जानेलाई रोक्न विशेष अपरेसन अभियान चलाएको छ । सो अभियानमा हालसम्म ३२ जना पक्राउ परेका छन् ।