पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहले नेपालको पश्चिम र मध्य क्षेत्रको भ्रमण गर्ने

काठमाडौं । नेपालमा पछिल्लो समय राजवादीहरुले पुनः पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालको राजनीतिमा ल्याउने प्रयास गरिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहले नेपालको पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमण गर्ने भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा रानी कोमल राज्यलक्ष्मी देवी शाहले नेपालको पश्चिम क्षेत्र र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमण गर्ने सम्बाद सचिव डा. पणिराज पाठकले जानकारी दिए । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्यलक्ष्मी शाहले भ्रमणका क्रममा आगामी हप्ता भैरहवा सवारी गर्दैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *