एनसेलको शेयर खरिद-बिक्री स्वाभाविक नभएको प्रधानमन्त्री प्रचण्डको दाबि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिदबिक्री स्वाभाविक नभएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका उनले एनसेलको शेयर किनबेचका क्रममा कहिँ न कहिँ गडबडी भएको भन्दै आशंका व्यक्त गरेका हुन् ।

उनले भने, ‘शेयर खरिद बिक्री स्वाभाविक छैन । कहिँ न कहिँ त गडबढी भएको जस्तो मलाई लागेको छ । त्यसैले यो खरिदबिक्री स्वभाविक छैन भनेर नै निर्देशन दिएको हो । कहीँ त कहीँ गलत छ भनेर नै छानबिन समिति बनाइएको हो । सरकार यसमा प्रतिबद्ध छ । ’ त्यस्तै उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि सरकार गम्भीर रहेको बताए ।

उनले भने, ‘सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु । योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाए । यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ ।’

सेयर खरिदबिक्री भएको विषयमा छानबिन गरेर विदेशी लगानीमा पर्ने असरका विषयमा पनि छानबिन गर्न उनले निर्देशन दिएको बताए ।ख

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *