बारामा बस र ट्रक एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु

बारा । बारामा बस र ट्रक एकआपमा ठोक्किएर भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएका छन् । 

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए । 

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *