एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयर हेल्थमा विशेष छुट

काठमाडौं । एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसेस प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत सर्जरी प्रोसिडियर्स, माइनर इनभेष्टिगेशन (स्टाफलाई मात्र), अप्टिकल्समा १० प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

साथै, पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलोअप समेत निः शुल्क हुनेछ । सो समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेति, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक संजिब कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *