सिटिजन्स बैंकको १० प्रतिशत ऋणपत्र सूचीकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १० प्रतिशत डिबेन्चर (ऋणपत्र)नेप्सेमा सूचीकृत भएको छ । बैंक र नेप्सेबीच ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र सीआईजेडबीडी९० सूचीकृत गर्ने सम्झौता भएको हो । यससँगै बैंकको १० वर्षे अवधि रहेको प्रतिथान एक हजार रुपैयाँ रहेको कूल ३० लाख कित्ताको सूचीकरण भएको छ । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत खुल्ला बिक्री आव्हान गरेको थियो । सोमबार सूचीकृत भएको उक्त ऋणपत्र मंगलबारदेखि नेप्सेमा कारोबार हुने छ । जसको वार्षिक ब्याजदर १० प्रतिशत छ ।
बैंकले १९० वटा शाखा, १५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *