लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंकको साधारणसभाले ७ प्रतिशत बोनस सेयर पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९।८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । बैंकको २३औं साधारणसभाल सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९।८० को वित्तीय विवरण पारित गरेको छ ।

साथै साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको बैंकले जनाएको छ ।नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *