पाकिस्तानले इरानमाथि गरेको आक्रमणमा नौ विदेशी नागरिकको मृत्यु

एजेन्सी । पाकिस्तानले इरानमाथि बुधवार साँझ गरेको आक्रमणमा नौ जना विदेशी नागरिक मारिएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यम इरानले इरानी गृहमन्त्री अहमद वाहिदीलाई उद्धृत गर्दै बताए अनुसार यस हमलामा ३ जना महिला, ४ बालबालिका र २ जना पुरुष मारिएका छन् । यो हमला इरानको सीमाबाट तीन चार किलोमिटर पर भएको थियो । यसअघि सिस्तान–ब्लुचिस्तान प्रान्तमा चरमपन्थीहरुलाई निशाना बनाएर हमला गरेको दाबी पाकिस्तानले गरेको थियो । यो हमलामा कयौँ आतङ्कवादी मारिएको पाकिस्तानले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।

मङ्गलवार इरानले गरेको आक्रमणको प्रतिकारमा बुधवार साँझ पाकिस्तानले हमला गरेको थियो । यस आक्रमणमा नागरिकहरूलाई हुनसक्ने नोक्सानीबाट बच्न आफूले पुरै कोसिस गरेको दाबी पाकिस्तानले गरेको छ । आफूहरूले हमला गरेको ठाउँमा कुख्यात आतंकवादीहरु बस्ने गरेको पाकिस्तानी भनाइ थियो ।

जवाफी हमलाबारे अमेरिका, चीन र भारतको तर्फबाट प्रतिक्रिया आइरहेको छ । चीनले दुवै देशलाई संयम अपनाउन अनुरोध गरेको थियो । अमेरिकाले पाकिस्तानको हमलाको निन्दा गर्दा भारतले भने यो इरान र पाकिस्तानको आपसी मामिला भएको बताएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *