सानिमा रिलायन्स लाईफद्वारा बीमा सचेतता कार्यक्रम
काठमाण्डौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा बीमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
बीमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री , तालिम विभाग प्रमुख ज्ञानेन्द्रदेव भट्ट , शाखा प्रमुख रामहरि के.सि. प्रधानाध्यापक टंकप्रसाद दाहाल , सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो । कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको जनाएको छ।