प्रधानमन्त्रीले दरबार हत्याकाण्डबारे दिएको अभिव्यक्तीमा अध्यक्ष नेपाल असन्तुष्टि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्डले राजदरबार हत्याकाण्डबारे दिएको अभिव्यक्तीमा असन्तुष्टि बनेका छन् ।

बिहिबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राजदरबार हत्याकाण्डबारे छानबिन गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तीमा असन्तुष्टि जनाएका हुन् । उनले भने,‘ प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड छानबिन गर्ने विषयमा विचार नै बोल्नुभयो ।’

अध्यक्ष नेपालले गठबन्धनमा सहभागी दलहरुसँग कुनै पनि छलफल नगरी भम्भीर विषय प्रधानमन्त्रीले अभिव्यक्ती दिनु उचित नभएको भन्दै आक्रोस पोखेका छन् । प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ती देशका सम्पूर्ण जनताले मनपराए पनि दलहरुमा बाधा पर्ने भन्दै असन्तुष्टि जनाएका छन् । तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले सोधेको तर प्रधानमन्त्रीले कुनै सल्लाह नमागेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

देशमा भएका सबै घट्नाका विषयमा प्रधानमन्त्रीले गठबन्धन दलहरुसँग नेताहरुसँग छलफल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । दरबार हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी भएको हुने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *