साताको अन्तिम दिन नेप्से २०६६.१७ अंकमा ओर्लियो
काठमाडौं । साताको अन्तिम दिन आज नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ । बिहीबार ३१.७६ अंकले घटेको सेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।साताको पहिलो दिन आइतबार बजार १०.३७ अंकले बढ्दा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ, सोमबार बजार १०.२६ अंकले बढ्दा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३०.८२ रुपियाँ, मंगलबार १४.८८ अंकले बजार बढ्दा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३.१२ रुपियाँ र हिजो बुधबार बजार २१.६७ अंकले घट्दा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७.४८ रुपियाँ बराबरको कारोबार भएको थियो ।