पक्राउ परेका ४९ जना लघुवित्त पिडित हाजिरी जमानीमा रिहा

काठमाडौं । संसद भवन परिसर छिरेका लघुवित्त पिडितहरुलाई सरकारले रिहा गरेको छ । मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह संसद भवनभित्र प्रवेश गरेपछि सरकारले सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन समेत गरेको थियो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यसअघि संघीय संसद भवन परिसरभित्र प्रदर्शन गरेका लघुवित्तका ऋणीहरूलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो । एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ परेका थिए । सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको थियो ।

उक्त घटनाको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिमा समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *