काठमाडौले गर्व, सम्मान र माया गर्नुपर्ने मेयरकी उम्मेदवार सिर्जना सिंह
राजनीति लागेका आफ्ना श्रीमानलाई बनाउनका लागि श्रीमती आफै ओझेलमा पर्छिन् । आफ्नो सपनालाई त्यागेर, आफ्नो नामलाई गुमनाम गराएर श्रीमानलाई सक्दो सहयोग गर्छिन् । यो हरेक श्रीमतीको दायित्व हो । श्रीमान–श्रीमती एक रथको दुई पाङग्रा हुन् भन्ने उदाहरण काठ्माडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले दिएकी छिन् ।
राजनीतिक पतिले समाजको लागि त्याग गर्दै–गर्दा पत्नीले भोगेको राजनैतिक पीडालाई कम आकलन गर्ने राजनीति गर्ने व्यक्ति बन्न सक्दैन । कहिल्यै राजनीतिमा नभएका पत्नी या पतिलाई लाभको पद दिलाउनको लागि एक्कासी राजनीतिमा ल्याउनु गलत हो तर यो कुरा सिर्जना सिंहमा लागूहुदैन् ।
उनी निरन्तर राजनीतिमा छिन । अहिले सिर्जना सिङ्को कुरा काट्नेहरु अराजक हुन । काङ्ग्रेस बिरोधी हुन । गठबन्धन बिरोधी हुन । काठमाडौले सम्मान गर्नुपर्ने मेयर उम्मेदवार सिर्जना सिंह हुन । सिर्जना सिंह एउटा उम्मेदवार मात्र नभई महिला पनि हुन । सिर्जना सिंहसंग अन्य उम्मेदवारको तुलना गर्न मिल्दैन । काठमाडौले गर्व, सम्मान र माया गर्नुपर्ने ब्याक्तित्व यसपटक काठमाडौको मेयरमा उम्मेदवारी दिएकी सिर्जना सिंहको विकल्प नै छैन भन्दा हुन्छ ।
राजाको राज्य कोषबाट सुविधा भोग गरेर जनतामाथि दमनमा उत्रने केशव स्थापित गणतन्त्रको लागि जेल बस्ने सिर्जना सिंहको तुलना हुन सक्दैन । बिचरा, बालेन शाह जसलाई राजनीतिको बारेमा थाहा छैन् उनीहरु बिनासित्ती दौडिरहेका छन् । यिनलाई त राजनीति भनेको टिमवर्क हो भन्ने समेत ज्ञान छैन । नायक फ्लिम हेरेर नेता बन्न खोज्नु कला साहित्यमा डुब्नु मात्र हो । बालेनले सिक्नु छ । चिन्तनमा डुब्नु छ । अझै बेला छ । यो देशमा बहुदल छ । लोकतन्त्र छ । लोकतन्त्रभित्र दलहरुको आफ्नै इतिहास छ ।
काठमाडौको मेयरमा प्रत्यासी अन्य उम्मेदवारीहरुको त कुरै छोडौ । आउँछन जान्छन । यति छिटै लोकतन्त्रमाथि गरिएको दमन भुल्ने केपी ओलीमाथि नै जनताले अब आशा के राख्ने..? हुन त प्रतिगमनको बाटो रोजेका ओलीले यस्ता इतिहासकै दुर्लभ क्रान्तिहरु बिर्सिसकेका होलान् । कर्तव्य ज्यान मुद्दामा धेरै समय जेल बसेका ओलीले गणतन्त्रको लागि जेल बसे भनेर राज्य आतंक गर्दा पनि बा भन्ने नेपाली समाजको केही हिस्सालाई त यो नजिर सहज लाग्ला तर वास्तबिक गणतन्त्रको लागि जेल बस्नेहरूलाई यिनी उम्मेदवार र नेकपा ऐमालेको काठमाडौ मेयर प्रतिको निर्णयले सरम दुखाएको छ । शिर ढलाएको छ । ओलीले संघीयता , गणतन्त्र र धर्म निरपेक्षतामाथि फेरि प्रतिगमन गर्ने खतराको शंका जन्माएको छ । लामो समय गणतन्त्रको लागि जेल बस्ने नेताहरू अपमानित हुनुपर्ने ओलीको रणनीतिक योजनासंग स्थापितको उम्मेदवारी त एउटा संयोग जस्तो मात्र देखिन्छ ।
तर, गणतन्त्र संघीयता र धर्म निरपेक्षता नै आउने दिनमा ओलीबाट नै खतरापूर्ण हुने हो कि ? भन्ने उनको कार्यनीतिले झल्काएको छ । गणतन्त्रको लागि त्याग गर्ने, तपस्या गर्ने, जेल बस्ने र सहिद हुने हजारौं नेता कार्यकर्ता हुँदा–हुँदै भुतपुर्व राजासंग नजिक साँठगाँठ भएको केशव स्थापितलाई मन्त्री हुँदै मुलुकको राजधानी काठमाडौको मेयर पदमा आसिन गराउन खोज्नुमा, ओली आफैभित्र दरबारिया मानसिकता झल्किन्छ ।
प्रजातन्त्र पुनर्स्थापनाको लागि गणेशमान सिंहको कमान्डमा देशमा निर्णायक आन्दोलन गरेर प्राप्त भएको प्रजातान्त्रिक ब्यवस्थादेखि संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक मुलुकसम्म आउँदा राजाको प्रत्यक्ष दमनमा सहभागी टिके उम्मेदवार केशव स्थापितले गणतान्त्रिक मुलुकको जनतासंग भोट माग्ने नैतिक धरातल सम्म रहन्न भने टिकट दिने ओलीले गणतन्त्रको उपहास गरेको ठहर्छ । जे गर्दा पनि हुन्छ भन्ने उनको स्वेच्छाचारी चरित्र उदाङ्गगो भएको छ ।
ओलीको स्वेच्छाचारी, अधिनायकवादी चरित्रले नै तत्कालीन नेकपा एमाले बिभाजन भएको भन्ने तर्क प्रमाणीकरण भएको छ । तत्कालीन गणतन्त्रको धज्जी उडाउने स्थापितको उम्मेदवारीले नेकपा ऐमालेको भविष्यमाथि नै प्रश्न खडा गरिदिएको छ । विश्लेषण गर्न नसक्ने एमाले पार्टी कमान्डसंग असली गणतन्त्रबादीहरु होसियार हुने दिन आएको त कमल थापाको सहकार्यबाट पनि प्रष्ट हुन्छ ।
तत्कालीन गठबन्धनको राजाबादीहरुसंग चुनाबी तालमेल कार्यनीतिक रुपमा आएको देखिन्छ भने ओलीको राजाबादीहरुसगको तालमेल रणनीतिक रुपमा आएको देखिन्छ । आगामी संसदीय निर्वाचनमा चिरा परेको दुई खेमा कै राजावादीसंग ओलीले गठबन्धन गर्ने निश्चित छ । यसरी गणतन्त्रको उदाङ्गो हस्तक्षेप भई रहदा पनि आवाज निकाल्न नस्कने जनयुद्धको नायक प्रचण्ड रणनीतिक योजना नभएकै कारण नेपाली राजनीतिको किङ मेकर मात्र हुने किङ नहुने यहि खत्रा सधै भोगी रहनुपर्ने बाध्यता देखिन्छ । गणतन्त्रको प्रमुख हिस्सेदार प्रचण्डको गतिशीलतामा रणनीतिक योजनाको अभाव र बाध्यकारी प्रष्ट छ ।
यति हुँदा–हुँदै पनि प्रजातान्त्रिक आन्दोलनमा इतिहास बोकेको परिवार भित्र सिर्जना सिंहको उम्मेदवारी काठमाडौमा छनोट गर्न सक्नु प्रचण्डको चातुर्यताले नै सम्भब भएको हो । सर्बोच्च अदालतले स्थापित गरेको नजिरले जन्मेको गठबन्धन कति लामो टिक्छ भन्ने कुरा गठबन्धनको स्वार्थमा निर्भर पर्दछ । स्थानीय निर्वाचनको परिणामले गठबन्धनको भबिस्य निर्धारण गर्नेछ ।
गठबन्धनले देश भरी नै ठिक ठाउँमा ठिक उम्मेदवारी दिन नसक्नु, अन्तर संघर्षको ठिक ब्यवस्थापन गर्न नसक्नुले पार्टीमा एकल निर्णय लिन सक्ने स्वेच्छाचारी ओलिलाई केही सहज भएको बिश्लेशकहरुको दाबी छ तै पनि आगामी निर्वाचनमा ओलीको सामान्य परिणाम आउने टिप्पणी गरिरहेका छन । गठबन्धन कम्जोर हुनुमा बाहिय कारण नभएर आन्तरिक कारण नै भएको गठबन्धनका नेताहरु स्वीकार्छन् ।
नेकपा ऐमाले भित्र कमान्ड कन्ट्रोल हुने तर गठबन्धन भित्र कमान्ड कन्ट्रोल हुन गाह्रो भएकै कारण स्थानीय निर्वाचनको परिणाम मिश्रित आउने देखिन्छ । प्रतिगमनको मतियार हुदाहुदै पनि ओलीभित्र आन्तरिक तागत हुनुमा गठबन्धनकै कमजोरी भन्ने प्रष्ट देखिन्छ ।
स्थानीय निर्वाचन देखि आगामी संसदीय निर्वाचन सम्ममा गठबन्धनले राम्रो तयारी गर्ने हो भने ओलिले नेतृत्व गरेको नेकपा ऐमाले देश भरी नै क्लिन स्विप हुने ऐना झै छर्लङ्ग छ तर गठबन्धनको प्रमुख शक्ति नेपाली काङ्ग्रेसको एक खेमा ओली बचाउनु पर्ने लाइनमा देखिएकोले ओली रणनीति आगामी संसदीय निर्वाचनको घोषणापत्रसंगै अलि पर्दाफास हुने देखिन्छ । ओलीको कार्यनीतिले सबैमा रणभुल्ल पारेको छ भने दीर्घकालीन रणनीतिले प्रभु बचाउने प्रष्ट देखिन्छ ।