यूनियन पेसँगको सहकार्यमा महालक्ष्मी विकास बैंकको अन्तरदेशीय क्यूआर भुक्तानी सुरु
काठमाण्डौं । महालक्ष्मी विकास बैंकले यूनियन पे इन्टरनेशनल र फोनपे सँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गरेको छ। अब यूनियन पे वालेट प्रयोगकर्ताले नेपालभर रहेका बैंकका क्यूआर मर्चेन्टमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन्, जसबाट विशेष गरी विदेशी पर्यटक लाभान्वित हुने अपेक्षा गरिएको छ। बैंकका अनुसार यस सेवाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र नेपालमा क्यूआर भुक्तानी पूर्वाधारलाई अझ प्रभावकारी बनाउनेछ। साथै, डिजिटल प्रवर्द्धन वर्ष २०८३ अन्तर्गत “महालक्ष्मी स्मार्ट साथी” एपमार्फत कारोबार गर्ने ग्राहकलाई गोलाप्रथाबाट आकर्षक भ्रमण प्याकेज दिने योजना पनि सार्वजनिक गरिएको छ। देशभर १०३ शाखा र करिब ८।५ लाख ग्राहक रहेको बैंकले डिजिटल बैंकिङ्गलाई सुरक्षित, सहज र समावेशी बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
















