मत बदर हुने अवस्था
काठमण्डौ । मतदाताहरुले मत सङ्केत गर्दा विचार पुर्याएर मतदान गर्नुपर्छ अन्यथा मत बदर हुन्छ । मतपत्र बदर देहायको अवस्थामा हुने हुनाले मतदान गर्दा सोच- बिचार गरेर नहडबडाई गर्नुपर्दछ।
- सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
- औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको,
- मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
- उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,
- उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको,
- कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,
- निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,
- मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
- आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
- मतपेटिका भन्दा बाहिर राखिएको,
- जाली मतपत्र ।