लामिछाने सहकारी प्रकरणमा कांग्रेसको छानबिन समिति बनाउनुपर्ने अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा संसदको गतिरोध र सरकार जेठ १ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल भएको छ । संसदीय छानविन समिति गठन हुनैपर्ने माग बैठकमा चलिरहेको खबर आएको छ । संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक भने स्थगित भएको छ । आज दिउँसोका लागि तय भएको बैठक भोलिसम्मका लागि स्थगित भएको कांग्रेसले जनाएको छ ।

यता प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनै पर्ने अडान कायमै रहेको बताएका थिए उनले भनेका थिए, ‘हामीले अडान छाडेका छैनौँ, सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म संसद चल्न दिन्नौँ ।’

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा प्रधानमन्त्री आफुहरुको मागमा सकारात्मक रहेको सचेतक लेखकले बताएका थिए साथै आइतबार अपराह्न चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले सहकारीबारे अध्ययन गरी प्रतिवेदन दिने गरी समिति बनाउन सकिने स्पष्टिकरण दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *