आई.सि.एफ.सि फाइनान्सको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौं । आई.सि.एफ.सि फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र “९ प्रतिशत आई.सि.एफ.सि.फाइनान्स डिबेञ्चर—२०८८” निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका छन् ।

उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने कम्पनीले जनाएको छ । उक्त कम्पनीले २१ शाखा, एक एक्स्टेन्सन काउन्टरका साथै २१ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *