होन्डाद्धारा त्रिपुरेश्वरमा अत्याधुनिक सुविधायुक्त नयाँ थ्रिएस सेन्टर सञ्चालनमा

काठमाडौँ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र हिमाल मोटोले त्रिपुरेश्वरमा अत्याधुनिक सुविधायुक्त नयाँ थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सेन्टर सञ्चालनमा ल्याएको छ। शुक्रबार एक विशेष समारोहका बिच होन्डा मोटर कर्पोरेसन लिमिटेड जापानका उच्च अधिकारीहरू र ज्योति ग्रुपका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सेन्टरको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रमको सुरुवात होन्डा मोटर कर्पोरेसन लिमिटेडका उपाध्यक्ष तथा एसिया र ओशिनिया क्षेत्रीय एकाइका प्रमुख मिस्टर तोसियो कुवाराले पानसमा बत्ती बालेर गरेका थिए। त्यसलगत्तै उपाध्यक्ष कुवारा र स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले संयुक्त रूपमा रिबन काटेर उक्त थ्रिएस सेन्टरको आधिकारिक उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा होन्डा जापानका तर्फबाट सेल्स डिपार्टमेन्ट २ का विभागीय प्रबन्धक मिस्टर योसिकी कामिया र पीआईसी मिस्टर कोजिरो कामियाको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, ज्योति ग्रुपका तर्फबाट पद्म ज्योति ग्रुपका इमिरेटस अध्यक्ष पद्म ज्योति, सीएसआर र परोपकार विभागकी निर्देशक मिरा ज्योति, स्याकार ट्रेडिङ कम्पनीकी प्रबन्ध निर्देशक सिर्जना ज्योति, उपाध्यक्ष सुहृद ज्योति र भजुरत्न ट्रेडिङ कम्पनीकी प्रबन्ध निर्देशक आरती ज्योतिको सहभागिता रहेको थियो। कार्यक्रममा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले होन्डा नेपालको लागि यो दिन एउटा ठूलो दूरदृष्टिको प्रतीक भएको बताए। उनले होन्डा मोटर्स र स्याकार ट्रेडिङ कम्पनीबिचको उत्कृष्ट तालमेलले होन्डा विगत १० वर्षभन्दा बढी समयदेखि नेपालमा नम्बर १ ब्रान्डको स्थान सुरक्षित गर्न सफल भएको बताए ।

ज्योतिले होन्डाका सवारी साधनको टिकाउपन, विश्वसनीयता र गुणस्तरमा केन्द्रित रहेको बताए । उनले यो थ्रिएस सेन्टरले विश्वस्तरीय सेल्स शोरुम, उन्नत प्रविधियुक्त सर्भिस सेन्टर र ग्यारेन्टीसहितको जेन्युन स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहलाई सम्बोधन गर्दै होन्डा मोटर कर्पोरेसनका उपाध्यक्ष तोसियो कुवाराले स्याकार ट्रेडिङ कम्पनी होन्डाको विश्वमै सबैभन्दा लामो समयदेखि काम गरिरहेको वितरकहरूमध्ये एक भएको बताउँदै नेपालसँगको साझेदारीप्रति गर्व व्यक्त गरे। उनले होन्डाले थ्री–जोए (तीन खुसी) को सिद्धान्त— किन्ने खुसी, बेच्ने खुसी, र सिर्जना गर्ने खुसीलाई आत्मसात गरेको भन्दै यो शोरुमलाई यस्तो केन्द्रको रूपमा परिकल्पना गर्छौं जसले ग्राहक सन्तुष्टि र विश्वसनीयतालाई अधिकतम बढाउने र किनबेच तथा सेवाभन्दा पनि माथि उठेर होन्डाप्रति दिगो विश्वास निर्माण गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी, होन्डा नेपालका तर्फबाट मन्तव्य राख्दै स्याकार ट्रेडिङका सर्भिसतर्फका महाप्रबन्धक सीताराम न्यौपानेले सेवा एउटा काम मात्र नभई ग्राहक सन्तुष्टि र विश्वासको मुटु भएको बताए । उनले भने– एउटा मोटरसाइकलले ग्राहकलाई एकपटक ल्याउन सक्छ, तर यो सेवाको अनुभव हो जसले ग्राहकलाई जीवनभर हामीसँगै कायम राख्छ।’ उनले ग्राहकका मुख्य तीन अपेक्षास् समयमै सेवा, सक्कली पार्ट्स र जतिबेला पनि समर्थन पाइन्छ भन्ने विश्वासलाई यो सेन्टरले पूरा गर्ने दाबी गरे। कार्यक्रममा कम्पनीको स्पेशल प्रोजेक्ट्सतर्फका महाप्रबन्धक मुकुल श्रेष्ठले यो उद्घाटन एउटा भवनको मात्र नभई नेपालमा होन्डाको सेवा स्तरलाई नयाँ उचाइमा पुर्‍याउने अभियानको सुरुवात भएको बताए। उनले छिटो सेवा, विश्वसनीय पार्ट्स र प्रत्येक ग्राहकलाई उत्कृष्ट अनुभवले आफूहरूप्रति ग्राहकको विश्वास कायम भएको उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *