थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर

काठमाडौं । थापाथलीस्थित सुकुम्वासी वस्तीमा डोजर चलाइएको छ । भर्खरै डोजर चलाउन सुरु गरिएको हो । डोजर चलाउनुअघि बस्ती खालि गर्नका लागि समय थप गरिएको थियो । सामान सार्नका लागि प्रहरीले नै सहयोग पनि गरेको थियो ।
सुकुम्वासी मोर्चाका महासचिवसहित चारजना प्रहरी नियन्त्रणमा
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिवसहित चारजना पक्राउ परेका छन् । मोर्चाका महासचिव आरएन कुवरसहित चार जना पक्राउ परेको प्रहरीले जनाएको छ । जसमा संयुक्त सुकुम्बासी जातीय मोर्चाको सल्लाहकार दान बहादुर कामी, दिनेश सुनार पनि छन् । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी हिजै पक्राउ परिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *