सरकारले सुकुम्वासीलाई पुनःस्थापनाको लागि पाँच विकल्प
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सुकुम्वासी बस्ती हटाउने कार्य सुरु गरेसँगै उनीहरूलाई तत्कालीन पुनःस्थापना गर्न पाँच सुरक्षित विकल्प दिएको छ । प्रधानमन्त्री बालेन्द्र साहको सचिवालयले ती पाँच सुरक्षित विकल्प शनिबार सार्वजनिक गरेको हो । “जसको कतै पनि जायजेथा छैन, उनीहरूका लागि सरकारले मानवीय संवेदनाका आधारमा पाँचवटा स्थानमा तत्कालीन पुनःस्थापनाको बाटो खोलेको छ,” प्रधानमन्त्रीको सचिवालयले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सुकुम्वासीको लागि तत्कालीन पुनःस्थापना गर्न पहिलो विकल्प नागार्जुन (इचंगु) मा ४२ वटा व्यवस्थित आवास युनिट दिइएको छ । दोस्रो विकल्पमा कीर्तिपुरस्थित सत्सङको ठूलो भवनलाई राखिएको छ । तेस्रो विकल्पमा भक्तपुरको बोडेस्थिल कृषि विकास बैंकको तालिम केन्द्रलाई राखिएको छ । चौथौ र पाँचौँ विकल्पमा खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गालाई पेस गरिएको छ ।
















