भोलिदेखि चुरोट र मदिराको मूल्य बढ्ने
काठमाडौं । अब सुर्तिजन्य पदार्थको मूल्य बढ्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत् सुर्तिजन्य वस्तुहरू चुरोट तथा मदिरामा कर बढाएसँगै अब मूल्य पनि बढ्ने भएको हो । बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पु¥याइएको छ भने बियर बाहेकको अल्कोहलमा हाल ४४४ रूपैयाँ अन्तःशुल्क लागेकोमा ४६० पु¥याइएको छ । यस्तै, चुरोटको अन्तःशुल्क ४ प्रतिशत बढाइएको छ ।