अमेरिकामा कोभिड–१९बाट मृत्यु हुने १० लाख नाघे
काठमाडौँ । अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो समयमा अवस्थामा केही सुधार आए पनि संक्रमणका घटनामा केही बृद्धि भइरहेको छ । धेरै राज्यहरूले नयाँ नियमहरू लागू गर्न खोजिरहेका छन् ।
‘कोभिडका कारण १० लाख अमेरिकीको मृत्यु भएको छ’, राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा भने । बाइडेनले नागरिकहरूलाई महामारीविरूद्ध सतर्क रहन र अमेरिकी संसद कंग्रेसलाई खोप तथा परीक्षणका लागि स्रोतहरू जुटाउन आग्रह गरे ।
विश्वभर कोभिड केस फेरि बढेका छन् । अमेरिकाले धेरै प्रतिबन्ध हटाएका छन् । पछिल्ला केही हप्ताहरूमा ओमिक्रोन सबभेरियन्टका कारण संक्रमण फेरि एक पटक बढेका छन् ।
‘मलाई लाग्छ कि हामी यस्तो ठाउँमा छौँ जहाँ मनोवैज्ञानिक, सामाजिक र आर्थिक रूपमा मानिसहरू धेरै हदसम्म महामारीसँग बाँचिरहेका छन्’, न्युयोर्क विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ सेलिन गोउन्डरले भने ।